पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला, शव नजिकै भेटियो बोतलमा पेट्रोल

समाचार

Sharing is caring!

काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको छ । हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।

किरातेश्वर मन्दिर भन्दा तल शब भेटिएको हो । शरीर पुरै जलेको अवस्थामा फेला परेको छ । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको र पुगेर अनुसन्धान अघि बढाएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

यो पनि/ अन्य समाचार : धनकुटा आगलागीबाट ४९ लाखको क्षति, धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा गएराति भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् । आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको छ ।

पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए । बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *