आन्तरिक उडानका सबै विमानकाे प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन

आन्तरिक उडानका सबै विमानकाे प्राविधिक परीक्षण गर्न सरकारकाे निर्देशन

समाचार

Sharing is caring!

काठमाण्डाै – सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

आज आइतवार पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पाैडेलले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *