युक्रेन युद्धस् आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए

युक्रेन युद्धस् आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए

समाचार

Sharing is caring!

युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भागबाट बचेकाहरूको उद्धार तथा भग्नावशेषमा जीवितहरूको खोजीका निम्ति उद्धारकर्मीहरू कठ्याङ्ग्रिँदो चिसोको परबाह नगरी निरन्तर खटिरहेका थिए । शनिबार भएको घातक आक्रमणलाई विफल पार्न युक्रेनले धेरै प्रयास गरेको थियो । रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको थियो ।

दुई साता लामो अघोषि युद्धविराम समाप्त भएसँगै रुसले राजधानी, किएभ र खार्किभको उत्तरपूर्वी सहरलाई पनि निशाना बनाएर आक्रमण गरिरहेको छ । युक्रेनी ऊर्जा केन्द्र र भौतिक पूर्वाधारमाथि मस्कोले व्यापकरूपमा आक्रमण गरिरहेको छ । उसले आफ्नो लक्ष्य हासिल भएको दाबी पनि गरेको छ ।

यसैबीच, डिनिप्रोको सरकारले आइतबार दिउँसो कम्तीमा ७२ जना घाइते भएका तथा ४३ जना बेपत्ता भएका जनाएको छ । हालसम्म ३९ जनाको उद्धार गरिएको पनि बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *