विमान दुर्घटनामा हराइरहेकाकाे खोजी आज पनि, पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी

विमान दुर्घटनामा हराइरहेकाकाे खोजी आज पनि, पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी

समाचार

Sharing is caring!

पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।

हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको छ । पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ । काठमाण्डौका, आफन्त काठमाण्डौ नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ ।

प्रहरीका अनुसार धेरैजसो शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन् । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो ।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए । विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिजा र फ्रान्सका एकरएक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *