विमान दुर्घटना भएको खोंचमा अँध्यारो हुँदा खोजी कार्यमा ढिलाइ

विमान दुर्घटना भएको खोंचमा अँध्यारो हुँदा खोजी कार्यमा ढिलाइ

समाचार

Sharing is caring!

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोज तथा उद्धार कार्यमा ढिलाइ भइरहेको छ ।

आइतवार भएको दुर्घटनामा परी निधन भएका ६३ जनाको शव फेला परे पनि अन्यको खोज तथा उद्धार कार्य बाँकी छ ।

विमानमा यात्रु र चालक दलका सदस्य गरी कूल ७२ जना रहेकामा ६३ शव संकलन भइसकेको छ भने ५ शव संकलन गर्न बाँकी छ । अन्य ४ जनालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रामदत्त जोशीले राति हल्का वर्षा भएको र अँध्यारोका कारण खोज उद्धार कार्य प्रभावित भएको बताए । ‘कुहिरो लागेको छ, खोंचमा अँध्यारो छ,’ उनले भने ।

रातभर सुरक्षाकर्मीको टोली घटनास्थल वरपर नै रहेको थियो । पहिचान भइसकेका शवलाई अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *