विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा यसरि लाइभ गर्दै गरेको भिडियो बाहिरियो

विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा यसरि लाइभ गर्दै गरेको भिडियो बाहिरियो

समाचार

Sharing is caring!

विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा लाइभ गर्दै गरेको भिडियो यतिबेला बाहिरिएको छ । तर हिजोकै जहाज दुर्घटना को हो या होईन अधिकारिक पुस्टि भने आएको छईन । जहाज दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले लाइभ गर्दै गरेको देख्दा भने तेती बेलाकै हो भन्ने आकलन गर्न सकिन्छ ।

साथै पोखरामा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये हालसम्म ३५ जनाको सनाखत भएको छ । ३ जनाको शव अझै भेटिएको छैन ।

सेती नदीको खोँचमा विमान दुर्घटना भएकाले शव खोज्न कठिन भइरहेको नेपाली सेनाले जनाएको छ । हिजो बिहान काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान पोखरामा अवतरण गर्नुभन्दा केही मिनेट अगाडि सेती खोचमा दुर्घटनामा परेको थियो ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । विमानमा १५ जना विदेशी नागरिक रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमान वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।

विमानमा सवार कुनैपनि यात्रु जिवितै भेटिने सम्भावना न्यून देखिएको छ । ६९ जनाको शव भेटिएको भएतापनि बेपत्ता भएको तीनजनाको आज बिहानदेखि खोजी कार्य जारी राखिएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *