टिकटकमा चर्चित हरी परियार आफ्ना कलिला छोराछोरी र श्रीमतीसंग अमेरिकाबाट आएका थिए तर कहिल्यै नफर्किनेगरि अस्ताए

टिकटकमा चर्चित हरी परियार आफ्ना कलिला छोराछोरी र श्रीमतीसंग अमेरिकाबाट आएका थिए तर कहिल्यै नफर्किनेगरि अस्ताए

समाचार

Sharing is caring!

टिकटकमा Check check check हरी परियार is back भनेर चर्चा कमाएका अमेरिका निवासी नेपाली हरि परियारको ४ जना परिवारले नै आजको विमान दुर्घटनामा ज्यान गुमाएका छन् । काठमाडौं स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारले आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् ।

कास्कीको पोखरास्थित सेती नदिको खोचमा भएको यति एयरको विमान दुर्घटनास्थलमा आइतबार अबेर खोज तथा उद्धार स्थगित गरिएको छ । अँध्यारोका कारण खोज तथा उद्धार स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । उनले भने– ‘आज खोज तथा उद्धार रोकेका छौं, भोलि बिहान ७ बजेबाट फेरी खोजी कार्य जारी राख्छौं ।’

दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले कमाण्ड पोष्ट बनाएर घटनास्थलको सुरक्षा गरिरहेका छन् । सुरक्षाकर्मीहरुले ६३ वटा शव घटनास्थलबाट अस्पताल ल्याएका छन् । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा ६३ जनाको शव संकलन गरिएको एसपी केसीले जानकारी दिए । नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । ३ जना गोताखोरसहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।

घटनास्थलमा ३ जनाको शव देखिएको र ६ जनाको अवस्था अझै अज्ञात रहेको कास्कीका एसपी अजय केसीले दावी गरेका छन् । उनका अनुसार २५ जनाको शव सनाखत गरिएको छ । शव पोष्टमार्टम गण्डकी अस्पतालमै गरेर परिवारलाई हस्तान्तरण गर्ने प्रशासनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *