यी हुन् अर्की एयर होस्टेज सिर्जना जो सदाका लागि अस्थाईन, हिजो मात्रै परिवारसँग गफिँदै पोखरा जान लागेको बताएकी थिइन्

यी हुन् अर्की एयर होस्टेज सिर्जना जो सदाका लागि अस्थाईन, हिजो मात्रै परिवारसँग गफिँदै पोखरा जान लागेको बताएकी थिइन्

समाचार

Sharing is caring!

काठमाडौँ – बोइङको परिचारिका बन्दै थिइन् सिर्जना तर आज पोखरामा भएको विमान दुर्घटनामा अस्ताइन । ‘बोइङको परिचारिका बन्ने लिष्टमा उनी छनौट भइसकेकी थिइन्, पासपोर्ट पनि बनाएकी थिइन्’। सिर्जना तीन दाजुभाईकी एक्ली बहिनी थिइन्। २९ वर्षीया उनी गएको दशैंमा सैनामैना आएकी थिइन्। शनिबार राति परिवारका सबै सदस्यसँग गफिँदै उनले भोलि (आइतबार) पोखरा जान लागेको सुनाएकी थिइन्।

रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन्। यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन्। मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो। उनलाई एयरलाइन्सले छोटो समयमै ७२ सिटे विमानमा काम गर्ने अवसर दिएको उनले बताउने गरेकी थिइन्।

विमान दु’ र्घटनाको खबरपछि परिवारमा चिन्ता छ। सोमबार साँझसम्म उनको मृ’ त्यु बारे जानकारी दिइएको थिएन। दु’ र्घटनाको खबर पाएकी आमा खिमिसरा थापाले छोरीप्रति विलौना गरिन्। माघे संक्रान्तिको बटुक बनाएर पाहुर पठाउने योजना थियो। काठमाडौंमा बस्दै आएकी सिर्जुकी भाउजु पाहुर बोकेर जाने तयारी गरिरहँदा विमान दु’ र्घटनाको खबर आएको थियो।

उक्त खबरले घर छिमेकी शो’ कमा छन्। पाल्पाको बगनासकाली–९ मा जन्मिएकी उनी परिवारको बसाइसराईसँगै सैनामैना आएकी थिइन्। उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङमा अध्ययन गरेकी थिइन्। उच्च शिक्षा भने बुटवलको सिसिटी कलेजबाट लिइन्। एयर होस्टेजको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन्।

साथै आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *