काठमाडौंबाट जाडो विदा मनाउन घर फर्कदै गरेका बाबुछोरीकै विमान दुर्घटनामा परी मृत्यु

काठमाडौंबाट जाडो विदा मनाउन घर फर्कदै गरेका बाबुछोरीकै विमान दुर्घटनामा परी मृत्यु

समाचार

Sharing is caring!

पर्वत । पोखरामा भएका विमान दुर्घटनामा परी पर्वतको कुश्माका बाबु छोरीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा कुश्मा नगरपालिका( ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेल रहेका छन् ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदा मनाउन जन्मघर पर्वत जानेक्रममा दुर्घटनामा परेकीे हुन् । दुर्घटनामा परी बाबु छोरकिौ मृत्यु भएपछि सिंगो गाँउ नै शोकमा डुबेको छ ।

अरुणका भाइ केशवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए । मृतक पौडेल ९ वर्ष कोरियामा बसेर नेपाल फर्केका थिए । उनी मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

साथै पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए।

“खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ”, प्रमुख केसीले भने। दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ ।

“अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं”, उनले भने। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् ।

प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए। उनका अनुसार जहाजमा रहेका चारजना अझै बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *