तीन वटा मन्त्रालय पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । राप्रपाले एउटा उपप्रधानमन्त्री पनि पाएको छ । दलहरुबीच भएको सहमति अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बनेर सरकारमा जाने एक नेताले जनाएका छन् । बाँकी २ जना मन्त्रीको टुंगो मंगलबार विहान मात्रै लाग्नेछ ।