मध्य पूर्वका सबैजसो देशमा प्रतिभा पलायनको समस्या अत्यधिक

मध्य पूर्वका सबैजसो देशमा प्रतिभा पलायनको समस्या अत्यधिक

समाचार

Sharing is caring!

मध्यपूर्वका सबैजसो देशहरूले अत्यधिक प्रतिभा पलायनको सामना गर्नुपर्दा देशको चौतर्फी विकासका समस्या रहेको पाइएको छ । उत्कृष्ट र मेधावी विद्यार्थी तथा वैज्ञानिकहरूको ठूलो हिस्साले आफ्नो देश सधैँका लागि छोड्दा ती देशहरुको अनुसन्धान, अर्थव्यवस्था लगायत सुशासनमा समेत समस्या परेको हो ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को, अरब लिग र विश्व बैंकले गरेको अध्ययनले मध्यपूर्व र अरबका विकासशील देशबाट झण्डै एक तिहाइ प्रतिभा पलायन हुने गरेको देखाएको एएनआईले जनाएको छ । संयुक्त अरब इमिरेट्स यूएईका मन्त्रिपरिषद् मामिलामन्त्री मोहम्मद अल गेरगावीले पछिल्ला केही वर्षदेखि अरबका प्रतिभाहरु पश्चिमा देशमा सरेका कारण समग्र अरबको समृद्धिमा समस्या आइरहेको बताउनुभएको छ ।

आफ्नो देश छोड्ने उच्च योग्य र प्रतिभाशाली व्यक्तिहरूमध्ये झण्डै आधा चिकित्सक, २३ प्रतिशत इञ्जिनियर र बाँकी अरु विशेषज्ञता प्राप्त व्यक्ति हुन् । यस्तै विदेशमा अध्ययन गर्ने ५४ प्रतिशत विद्यार्थीहरु स्वदेश नफर्किने गरेको पाइएको छ । विदेशमा पढ्ने धेरैजसो विद्यार्थी स्वदेश फर्किएपछि क्षमता अनुसार काम नपाउने बताउने गरेका छन् ।

बेलायतमा अध्ययन गर्ने विद्यार्थीको ३४ प्रतिशत अरबी विद्यार्थी छन् । इजिप्ट, जोर्डन, इराक, ट्युनिसिया, मोरक्को र अल्जेरियाबाट हरेक वर्ष झण्डै एक लाख वैज्ञानिक, इन्जिनियर र चिकित्सकहरू बेलायत पुग्छन् । अष्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशमा जानेहरुको सङ्ख्या पनि उत्तिकै छ ।एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *