ब्ल्याक बक्स भेटियो, दुईजना अझै भेटिएनन्

ब्ल्याक बक्स भेटियो, दुईजना अझै भेटिएनन्

समाचार

Sharing is caring!

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले सोमबार ‘ब्ल्यास बक्स’ फेला पारेको हो । विमान दुर्घटनाको कारण पत्ता लगाउने मुख्य आधार ‘ब्ल्याक बक्स’लाई मानिन्छ । उक्त बक्समा ‘फ्लाइट राडर’ ९उडानको समयमा रहेको विमानबारे जानकारी०, ‘ककपिट भ्वाइस’ ९पाइलट र को–पाइलटको कुराकानी०लगायत रेकर्ड रहन्छ । सहसेनानी सरोज कोइरालाले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गरेको ‘ब्ल्याक बक्स’ उनले आइतबार गठित ‘विमान दुर्घटना जाँच आयोग’लाई बुझाएका छन् । उक्त सरकारी समितिले सोमबारदेखि आफ्नो कामसमेत सुरु गरिसकेको छ ।

ब्ल्याक बक्स भेटिए पनि दुर्घटनामा परेका दुईजना अझै भेटिएका छैनन् । सोमबार बिहानैदेखि दुर्घटनास्थलमा खटिएको टोलीले थप दुईजनाको शव भने भेट्टाएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । शवको पहिचान भने भएको छैन । उक्त विमानमा चालक दलका सदस्यसहित ७२ सवार थिए । आइतबार बिहान १०ः३० मा काठमाडौंबाट उडेको यती एयरको ९एन–एनसी, एटिआर–७२ विमान अवतरणअघि १०ः५७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नयाँगाउँस्थित सेती खोँचमा खसेको थियो ।

२४ शवको पोस्टमार्टम पोखरामै सुरु, ४५ लाई काठमाडौं लगिने
दुर्घटनामा मृत भेटिएका ७० जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ३८ शवको मात्रै पहिचान भएको छ । यीमध्ये २४ शवको पोस्टमार्टम पोखरामै गरेर आफन्तलाई बुझाइने तथा ४५ शवलाई काठमाडौं लगिने भएको छ । पत्रकार त्रिभुवन पौडेल, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशकी शाखा अधिकृत लक्ष्मी पौडेल, निशान आचार्य, ओममाया गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल, मोहनप्रकाश श्रेष्ठ, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सदाकत अलि मियाँ, सीता गुरुङ, जमुना शर्मा, यस्मिन गुरुङ, गायिका निरा छन्त्याल, विजयकुमार गुरुङ, रक्की गुरुङ, शालिकराम आचार्य, संगीता शाही, डा। गणेश थापा, बन्दना सुनार, सर्विन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव पोखरामै पोस्टमार्टम हुने भएको हो । उनीहरूको अपराह्न ४ बजेदेखि पोस्टमार्टम सुरु भएको छ ।

चालक दलका सदस्यहरू, विदेशी नागरिक र पहिचान हुन नसकेका शव भने डिएनए परीक्षणका लागि मंगलबार काठमाडौंको टिचिङ अस्पताल पठाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । शवसँगै भेटिएका सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र, अन्य कागजपत्र, पासपोर्टसँग आफन्तको माध्यमबाट ३८ जनाको पहिचान भएको पनि उनले बताए ।गोपालकुमार चौधरीको संयोजकत्वमा गठित राष्ट्रिय शव परीक्षण समितिले शव पहिचान र परीक्षणको काम गर्दै छ । टोलीमा पोखराका पाँच र काठमाडौंका दुई चिकित्सक छन् ।

शव दिन ढिला गरेको भन्दै मृतकका आफन्तको गुनासो
२६ शवको आइतबार नै पहिचान भए पनि सोमबारसमेत शव नदिएको भन्दै मृतकका परिवार तथा आफन्तले गुनासो गरेका छन् । कास्की प्रशासनले सोमबार बिहान ९ः३० देखि पोस्टमार्टम सुरु हुने र त्यसपछि शव बुझाइने जानकारी दिए पनि सोअनुसार नभएपछि गुनासो गरेका हुन् । शव बुझ्न मृतकका आफन्तहरू बिहानैदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जम्मा हुन थालेका थिए । १० बजेसम्म अस्पतालपरिसरमा आफन्तहरूको बाक्लो भिड लागिसकेको थियो । तर, प्रशासनले काठमाडौंबाट चिकित्सक तथा बिमाका प्रतिनिधि नआएको र पोस्टमार्टम तथा बिमाका प्रक्रिया नसकिई शव दिन नमिल्ने जवाफ दियो ।

दिउँसो १ बजे मात्रै काठमाडौंबाट टोली पुग्यो । उनीहरू आएपछि पोस्टमार्टम सुरु हुने प्रतीक्षामा मृतकका आफन्त थिए । तर, दुई घन्टा कुर्दासमेत प्रक्रिया नै सुरु नभएपछि उनीहरूले गुनासो गरेका थिए । पर्वतबाट आएका मृतकका एक आफन्तले पीडामाथि प्रशासनले थप पीडा दिएको भन्दै असन्तुष्टि जनाए । कास्कीकै हेम्जाबाट आएका अर्का आफन्तले पनि पोस्टमार्टमका लागि प्रशासन र सम्बन्धित कम्पनीले आइतबारबाटै प्रक्रिया थाल्नुपर्नेमा ३० घन्टासम्म वास्ता नगरेर आफन्तलाई थप पीडा दिएको गुनासो गरे ।

के हो ब्ल्याक बक्स ?
ब्ल्याक बक्स जहाजको उडान डाटा र ककपिट भ्वाइस कम्युनिकेसन रेकर्ड गर्न प्रयोग गरिने यन्त्र हो । यसमा विमानका उपकरणको स्थिति, उचाइ, तापमान, गति, इन्धनको मात्रा, अटो पाइलटिङको स्थितिसहित अन्य जानकारी रेकर्ड हुन्छ । ‘ब्ल्याक बक्स’ भनिए पनि यो वास्तवमा उज्यालो सुन्तला रङको हुन्छ । विमान दुर्घटनाका वेला जंगल वा माटोमा जता भए पनि टाढैबाट देखियोस् भनेर यसको रंग उज्यालो सुन्तला बनाइएको हुन्छ ।

ब्ल्याक बक्समा दुई मुख्य भाग हुन्छन, फ्लाइट डाटा रेकर्डर ९एफडिआर० र ककपित भ्वाइस रेकर्डर ९सिभिआर० । एफडिआरले जहाजको गति, उचाइ, हेडिङ, र विभिन्न नियन्त्रण सतहहरूको स्थितिसहित जहाज र यसका प्रणालीबारे विस्तृत रेकर्ड गर्छ । यो जानकारीले जहाजको उडान मार्ग र दुर्घटनाको अवस्थामा पाइलटहरूको अवस्था र कामहरू बुझ्न सहज हुन्छ । यसले दुर्घटनाको कारण निर्धारण गर्न मद्दत गर्छ ।

सिभिआरले ककपिटबाट अडियो रेकर्ड गर्छ, जसमा पाइलट र अन्य चालक दलका सदस्यबीचको कुराकानीका साथै ककपिटमा निस्किएका कुनै पनि आवाजहरू रेकर्ड हुन्छन् । यसले पाइलटको काम र निर्णय, चालक दलबीचको कुराकानी बुझ्न र दुर्घटनाको यथार्थ जानकारी गराउन मद्दत गर्छ ।

ब्ल्याक बक्सका रेकर्डहरू जहाज दुर्घटना अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । र, दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा हुन सक्ने हवाई दुर्घटना न्यूनीकरणका लागि काम गर्न सहज हुन्छ । ब्ल्याक बक्स अत्यधिक तापमान वा पानीमा रहँदा पनि नष्ट हुँदैन । जहाजको भग्नावशेष पानीमुनि गहिरो ठाउँमा भए पनि उद्धार टोलीले पत्ता लगाउन सक्ने संकेतहरू उत्सर्जन गर्ने गरी ब्ल्याक बक्स डिजाइन गरिएको हुन्छ ।नयाँपत्रिकाडेलीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *