सुत्केरी दिदी भेट्न गएका जैसवाल दिदीलाई भेट्न नपाई अस्थाए, तिम्रो भाइ भेट्न आएको थियो भन्न सकेकै छैन श्रीमतीलाई

सुत्केरी दिदी भेट्न गएका जैसवाल दिदीलाई भेट्न नपाई अस्थाए, तिम्रो भाइ भेट्न आएको थियो भन्न सकेकै छैन श्रीमतीलाई

समाचार

Sharing is caring!

भारतीय नागरिक सञ्जय जैसवाल र उनका दिदी नितु जैसवाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्। तर उनीहरू एकअर्कालाई एउटै अस्पतालमा भएको थाहा छैन। नितु अप्रेसनमार्फत सुत्केरी भएर अस्पतालको बेडमा छिन् भने सञ्जय आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएर प्रहरीले अस्पतालको पोष्टमर्टम भवनमा राखेको छ।

सुत्केरी भएर अस्पतालमा बसेकी नितुलाई भाइ पोखरा आएर अस्पतालकै अर्को भवनमा मृत अवस्थामा रहेको थाहा छैन। दिदी नितुलाई भेट्न काठमाडौंबाट पोखरा उडेका सञ्जयले पोखरामा दिदीलाई भेट्न पाएनन्। भारतको विहारबाट ८ वर्षअघि नेपाल आएर हार्डवेयर व्यापार गरेका विकासकी श्रीमती नितु जैसवाल गर्भवती थिइन्। शनिबार रातिदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो।

‘नितु गर्भवती थिइन्। व्यथा लागेपछि हामीले हिजो बिहान ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं,’ विकासले भने। श्रीमतीलाई अस्पताल ल्याएर भर्ना गरेपछि विकासले साला सञ्जयलाई फोन गरे। सञ्जय काठमाडौंमा हार्डवेयर सामग्रीको मार्केटिङ गर्थे। फोन लागेन। त्यसपछि विकासले भारतमा ससुरालाई फोन गरे। श्रीमतीलाई डेलिभरीका लागि अस्पताल भर्ना गरेको जानकारी गराए।

भारतबाट परिवारले काठमाडौं बसेका सञ्जयलाई फोन गरेछन्। पोखरामा दिदी सुत्केरी हुन लागेको बताएछन्। त्यसपछि सञ्जयले पोखरा आउने निधो गरे। ‘हामीले भनेका थिएनौं, घरबाट कन्ट्याक्ट भयो होला,’ विकासले सेतोपाटीलाई भने, ‘म आउँछु पोखरा भनेर बिहान ९ बजे फोन गरेको थियो।’ सञ्जयका एक जना भाइ छन्। उनी भारतमै छन्। उनकी दिदी-बहिनी भने नितु मात्र हुन्। यसअघि पनि उनी पोखरा आउने-जाने गर्थे।

दिदीको घरमा बस्थे। सञ्जयको शव फेला पारेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ। उनको सनाखत पनि भइसकेको विकासले बताए। प्रतिष्ठान अगाडिका चौरमा विकासको शव बुझ्न विकाससहित उनका साथीहरू जम्मा भएका छन्। विकासकी श्रीमती नितुले आइतबार बिहान नै अप्रेसन गरेर छोरी जन्माएकी छिन्। अस्पतालमा अरू बिरामीले कुरा गरेको सुनेर नितुले श्रीमान विकासलाई भाइ भेट्न आए-नआएको सोधेकी थिइन्। विकासले भने भाइ काठमाडौंमै भएको बताएका छन्।

‘भाइ भेट्न आयो कि आएन भनेर नितुले सोधेकी छन्। हामीले आएको छैन भनेका छौं,’ विकासले भने, ‘अहिले जानकारी दिएका छैनौं, उनको मोबाइल पनि मैले राखेको छु। थाहा पायो भने आत्तिएर अप्रेसन गर्दा लगाएको टाँका फुस्किन सक्छ।’ रौतहट पारी भारतको विहार राज्य सीतामढीका सञ्जय ६ वर्षअघि मात्र काठमाडौं आएका थिए। उनका अंकल परिवारसहित काठमाडौंमा बस्छन्।

आइतबार भएको दुर्घटनामा परेर सञ्जयसहित ५ जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय नागरिकहरू सोनु जैसवाल, अनिलकुमार राजभाल, अभिषेक कुशवाह र विशाल शर्माबारे भने अहिलेसम्म केही जानकारी आएको छैन। अहिले उनीहरूका आफन्त पनि कोही नभेटिएको विकासले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सनाखत भएका शव आफन्तलाई बुझाउने तयारी गरेको छ।

साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा गाउँमा चार जनाका युवाहरु परेपछि उत्तर प्रदेशको गाजीपुरको गाजीपुरको अलावलपुर अफगा गाउँ शोकमग्न भएको छ । भारतीय सरकारी समाचार एजेन्सी एएनआईका अनुसार सोमबार उनीहरुको मृत्युको शोकमा गाजीपुरको अलावलपुर अफ्गाको बजार नै बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *