दुई मुटु दु"ईतिर भएर नबस्ने भनेर अमेरिका र अस्ट्रेलियाबाट आएका श्रीमान श्रीमति घर पुग्न नपाई अस्थाए

दुई मुटु दु”ईतिर भएर नबस्ने भनेर अमेरिका र अस्ट्रेलियाबाट आएका श्रीमान श्रीमति घर पुग्न नपाई अस्थाए

समाचार

Sharing is caring!

काठमाडौँ । श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । दुई मुटु दुईतिर भएर नबस्ने । विवाह दर्ता यसैपटक गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने भनेर शिव कुमार गुरुङ अमेरिकाबाट आए भने श्रीमति अनुस्का गुरुङ अस्ट्रेलिया बाट काठमाडौ आइन । दुबै जना आफन्त भेट्ने र बिवाह दर्ता गर्ने भनेर पोखरा जाँदै गर्दा विमान दुर्घटनामा ज्यान गुमाए । घरकै एक्लो छोरा बुहारीको मृत्युको खबर सुन्दा घरमा बुढाबुढी भएका आमा बाबू बिछिप्त बनेका छ्न ।

छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए । ‘पुस महिनामा जानू त्यति राम्रो नहुने मान्यता पनि थियो । त्यसैले पनि सक्रान्ति मान्ने गरि पोखरा जाने, बाआमा भेट्ने । विवाह दर्ता गर्ने सँगै बस्ने प्रक्रिया अगाडि बढाउने योजना उनीहरूको थियो,’ शिवका दाइ (काकाका छोरा) ज्योति गुरूङले भने, ‘त्यसैअनुरूप १ गते बिहानै जहाजमा पोखरा ओर्लिँदै थिए ।’

काठमाडौंबाट जुन जहाजमा उनीहरू पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा पर्‍यो । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए । ७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनीहरूका नजरमा छोरा बुहारी परेनन् । बाआमाले सडकमा नजर बिछ्याइरहे तर त्यही बाटो भएर छोराबुहारीको मृत्युको खबर आउँदा उनीहरू विक्षिप्त छन् ।

आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमात्र छोरा-बुहारीको मृत्युको खबर सुन्दा विलापमा छन् । शिवले पहिलो घरबार बिग्रिएपछि अनुष्कासँग विवाह गरेका थिए । बाआमा धम्पुसबाट आएर बगालेटोलमा घर रूघिँरहेका थिए । माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना रहेको अनुष्काका काका गोकुलमान गुरूङले बताए । स्रोत: अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *