पोखरामा जहाज दुर्घटनामा बेलायतका चर्चित डान्सरको पनि मृत्यु भएको पुष्टि

पोखरामा जहाज दुर्घटनामा बेलायतका चर्चित डान्सरको पनि मृत्यु भएको पुष्टि

समाचार

Sharing is caring!

बेलायतको एसेक्सका एक सफल ब्याले डान्सर पनि पोखरामा यती एयरलाइन्सको विमान दु’ र्घटना हुँदा ज्यान गुमाएका छन्। ३४ वर्षीय रुअनकालुम क्रिघ्टोनले लन्डन, फिनल्यान्ड र स्लोभाकियामा काम गरेको बीबीसीले जनाएको छ। उनले ब्रेन्टवुडस्थित सेन्ट्रल स्कुल अफ डान्समा नृत्य सिकेका थिए।

सो स्कुलकी निर्देशकले आफूहरु खबर सुनेर स्तब्ध बनेको बताएकी छन्। बाल्यकालमा नृत्य परीक्षामा अत्यन्त राम्रो नतिजा ल्याएका रुवानले २००८ मा उनले लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेबाट स्नातक गरेका थिए। त्यसपछि उनले स्लोभाक नेसनल थिएटरमा पाँच वर्ष काम गरेका थिए।

त्यसपछिका ६ वर्ष उनले फिनिस नेसनल अपेरा एन्ड ब्यालेमा बिताए। उनले अध्ययन गरेका र काम गरेका सबै संस्थाहरुले उनको मृ’ त्युमा शोक व्यक्त गरेका छन्। साथै विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु गरेको छ । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् ।

ड्रोन समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहेका छन्।

आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

The post पोखरामा जहाज दुर्घटनामा बेलायतका चर्चित डान्सरको पनि मृत्यु भएको पुष्टि appeared first on Khulduli Post.

Leave a Reply

Your email address will not be published. Required fields are marked *