एमसीसीका विषयमा बाेल्न खाेजेपछि भुसाललाई मन्त्री छाेड्न प्रधानमन्त्रीकाे चे’तावनी

समाचार

Sharing is caring!

काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्ताधारी नेकपाभित्रै नेताहरू पक्ष-विपक्षमा देखिन थालेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई एमसीसीका विषयमा नबोल्न निर्देशन गरेका छन् । आजको अन्नपूर्णमा समाचार छापिएको छ।

२८ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसालले एमसीसीबारे जिज्ञासा उठाएपछि प्रधानमन्त्री ओलीले एमसीसी सरकारले पारित गरेर जाने नीति लिएकाले सरकारमा बसेर कोही कसैलाई विपक्षमा बोल्ने छुट नभएको बताएको सहभागी एक मन्त्रीले बताए।

ती मन्त्रीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, ‘विपक्षमा बोल्ने मन कोही कसैलाई भए मन्त्री पद त्याग गरेर गए हुन्छ। तर सरकारको नीति पारित गर्ने भएकाले क्याबिनेटमा बस्ने, विपक्षमा पनि बोल्दै हिँड्ने कुरा सह्य हुँदैन।’

ओलीको निर्देशनपछि एमसीसी त्यति नरुचाइरहेका केही मन्त्रीहरू तटस्थ देखिन खोजेका छन्। एमसीसी आफू नेतृत्वको सरकारले भन्दा पनि अघिल्ला सरकारले अघि बढाएको र सम्झौता भइसकेको परियोजना अब रोक्न नसकिने धारणा प्रधानमन्त्रीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *