अन्तरीक्षमा घुमिरहेको छ मूल्यवान् धातुले भरिएको, बराबर बाँडे सबै मानिस बन्न सक्छन् खर्बपति

अन्तरीक्षमा घुमिरहेको छ मूल्यवान् धातुले भरिएको, बराबर बाँडे सबै मानिस बन्न सक्छन् खर्बपति

समाचार

Sharing is caring!

अन्तरीक्षमा एउटा यस्तो क्षुद्रग्रह घुमिरहेको छ, जसको मूल्य यति धेरै हुन्छ कि त्यो गणना गर्न पनि गाह्रो पर्छ । मूल्यवान् धातुले भरिएको उक्त क्षुद्रग्रहमा रहेको धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको मानिन्छ । यो रकम विश्वका मानिसलाई बराबर बाँड्ने हो भने एक जनाको भागमा साढे ८७ करोड डलर अर्थात् १ खर्ब १५ अर्ब रुपैयाँ पर्छ ।

सायद यो समाचार पढिरहँदा तपाईं आफ्नो भागमा एक खर्ब रुपैयाँ पर्ने भयो भनेर मक्ख हुनुहुन्छ होला । तर दुःखको कुरा अमेरिकी अन्तरीक्ष संस्थाले उक्त क्षुद्रग्रहको धातु बेचेर तपाईं हामीलाई रकम बाँड्ने कुनै योजना बनाएको छैन । तथापि उक्त क्षुद्रग्रहको अन्वेषण गर्ने योजना भने नासाले अवश्य बनाइरहेको छ ।

आखिर त्यो बहुमूल्य क्षुद्रग्रह कुन हो र नासाका लागि यो किन विशेष छ ? अनि किन नासाले त्यो क्षुद्रग्रहमा पुग्न यति धेरै मेहनत गरिरहेको छ ?

उक्त क्षुद्रग्रहको नाम १६ साइकी हो । यो क्षुद्रग्रहलाई सन् १८५२ मा इटालीका खगोलशास्त्री एनिबेल डी ग्यास्परिसले पत्ता लगाएका थिए । उक्त क्षुद्रग्रहका विषयमा अझै धेरै खोज अनुसन्धान गर्नका लागि नासाले त्यो क्षुद्रग्रहसम्म पुग्ने योजना बनाइरहेको हो ।

यो क्षुद्रग्रह २२६ किलोमिटर चौडा छ र निकेल तथा सिलिकाबाट बनेको छ । नासाले यो क्षुद्रग्रहसम्म पुग्नका लागि गत अगष्टमा साइकी यान प्रक्षेपण गर्ने योजना बनाएको थियो । तर प्राविधिक समस्याहरुका कारण यान प्रक्षेपण हुन सकेन । अन्ततः आगामी १० अक्टोबर २०२३ मा साइकी क्षुद्रग्रहमा उक्त यान प्रक्षेपण गर्ने निर्णय नासाले गरेको छ । उक्त यान सन् २०२९ मा क्षुद्रग्रहको सतहमा पुग्नेछ ।

यो क्षुद्रग्रहको बहुमूल्य स्वरुपलाई ध्यानमा राख्दै अन्तरीक्षमा उत्खनन् गर्ने पूर्वाधार निर्माण गरिरहेका कतिपय कम्पनीहरुले रुचि देखाउन थालेका छन् । युरोसन माइनिङ जस्ता कम्पनीहरुले अन्तरीक्ष अर्थतन्त्रतर्फ रुचि लिइरहेका छन् । मर्गन स्टेनलीका अनुसार आज अन्तरीक्ष अर्थतन्त्र ३५ हजार करोड डलरको छ, जुन सन् २०४० सम्म बढेर २.७ ट्रिलियन डलर पुग्नेछ । एजेन्सीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *