ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन, दुईजना घाइते

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन, दुईजना घाइते

समाचार

Sharing is caring!

काठमाडौंको चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ भने दुईजना घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा ना.६ ख ६६१५ नम्बरको ट्रकले प्र.३ -०२-०१ प ८२५२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिवेसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको मृत्यु भएको छ ।

ठक्करबाट घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्री १ जना समेत २ जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । दुवै सवारीलाई नियन्त्रणमा लिएर हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो पनि – जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभित्र सडक दु’ र्घटना बढ्दै गएको बताएको छ। पछिल्लो दुई वर्षको अवधिमा मात्र जिल्लामा एक सय ९० सवारी दु’ र्घटना भएका छन्। ती दुर्घटनामा परेर ६८ जनाको मृ’ त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको हो। आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सडक दु’ र्घटना भएका थिए।

चालू आव २०७९÷८० को अहिलेसम्म ३३ दु’ र्घटना भएका छन्। सवारी दु’ र्घटनामा परेर आर्थिक २०७७÷७८ मा ३५ र २०७८÷७९ मा ३३ जनाको मृ’ त्यु भएको थियो। ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी जाँचमा कडाइ गरेको छ। सडक दु’ र्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए।

उनकाअनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडक खण्डमा ट्राफिक जाँच गर्ने गरिएको छ। ‘ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा समेत वृद्धि भएको छ’, उनले भने, ‘मा’ दक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ।’

ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मा’ दक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन्। सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *