अधुरै रह्यो बन्दना सुनारको हजुरबुबा र साथीहरूलाई सप्राइज दिने सपना

अधुरै रह्यो बन्दना सुनारको हजुरबुबा र साथीहरूलाई सप्राइज दिने सपना

समाचार

Sharing is caring!

काठमाडौंबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बागलुङ गलकोटकी बन्दना सुनारको बिहीबार अन्त्येष्टि गरिएको छ। उनको बिहीबार बागलुङको गलकोट नरेठाँटीमा अन्त्येष्टि गरिएको हो। अमेरिकामा बस्दै आएकी २० वर्षीया बन्दना आफ्ना हजुरबुबा र साथीहरूलाई सप्राइज दिन गलकोट जाने क्रममा आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकी हुन्। दुर्घटनामा उनीसँगै ७२ जनाको ज्यान गएको थियो।

बन्दना सानैदेखि गीत गाउँथिन्। उनले १३ वर्षको उमेरमा उनका बुबाले तयार पारेको गीत गाएकी थिइन्। उनले ‘उठ उठ नेपाली हो, नेपाली सान जोगाउन कसैको सामु नझुक’ भन्ने गीत पनि रेकर्डिङ गरेकी थिइन्। उनले अभिनय गरेको देशभक्तिपूर्ण गीत युट्युबमा पनि हेर्न सकिन्छ।

भर्खर प्लस टु सकेर बन्दनाले नर्सिङको तयारी गरिरहेकी थिइन्। उनले नर्सिङको तयारी गरिरहँदा समय निकालेर बिरामी हजुरआमालाई भेट्न नेपाल आएकी थिइन्। उनकी हजुरआमा काठमाडौंमै उपचाररत छन्। उनका बुबाको ५ वर्षअघि अमेरिकामै मृत्यु भएको थियो।

१० दिन अघि काठमाडौं आएकी उनी बिरामी हजुरआमासँगै अस्पतालसमेत बसेकी थिइन्। उनले आफ्नी आमा, फुपुलगायतलाई भेटेर हजुरबुबालाई सप्राइज दिनका लागि आइतबार बिहान कसैलाई नभनी पोखरा हुँदै गलकोट जाँदै थिइन्। नर्सिङ कक्षाको तयारी पनि उनी नेपाल आउँदा अनलाइनमार्फत नै गरिरहेकी थिइन्।

पोखरा जानको लागि उनले टिकट काटेको विमानलाई मर्ज गरेर लगिएको थियो। आइतबार साढे १० बजेको टिकट प्लेन मर्ज गरेर अगाडि नै फोन आएका कारण उनी एयरपोर्ट पुगेको उनको परिवारले जनाएको छ। सानैदेखि गीत गाउने उनी आफ्नो बुबाको सिर्जनालाई गीतमा बदल्ने ठूलो सपना बोकेकी थिइन्। १० वर्ष अमेरिका बसेर नेपालमै फर्कने सोच राखेकी उनको सपना अधुरै रहेको उनकी दिदी पवित्रा सुनारले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *