» प्रभु बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै घट्यो

» प्रभु बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै घट्यो

समाचार

Sharing is caring!

प्रभु बैंकको खुद आम्दानी र प्रतिशेयर आम्दानी (ईपीएस) दुवै घटेको छ । हालै सेञ्चुरी बैंकलाई प्राप्ती गरेको प्रभुले शनिबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा आम्दानी र ईपीएस घटेको देखिएको हो ।

समीक्षा अवधिमा बैंकले एक अर्ब १९ करोड ९९ लाख रुपियाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा प्रभुले एक अर्ब २६ करोड २० लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४२ लाख रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा रिभर्स भएको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख रुपियाँ पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घटेको हो । यद्यपि बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी भने बढेको विवरणमा देखिन्छ ।

प्रभु बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले र कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १२.५२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० नौ रुपियाँ ६७ पैसा घटेर १० रुपियाँ १९ पैसामा सीमित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *