सुस्मिता प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैद

सुस्मिता प्रकरणमा ससुरासहित चार जनालाई जन्मकैद

समाचार

Sharing is caring!

सुस्मिता केसी हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले चार जनालाई जन्मकैदको सजाय सुनाएको । ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।

कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका माइतीघर भएकी २२ वर्षीया सुस्मिताको हेटौंडा उपमहानगरपालिका–४ स्थित घरमा २०७७ असार १ गते राति करीब १० बजेको समयमा हत्या भएको थियो । घरको भान्सा कोठाभित्र असार २ गते बिहान सुस्मिता टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *