बेइजिङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

बेइजिङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

समाचार

Sharing is caring!

तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ ।
मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए ।

खोज तथा उद्धार कार्य शुक्रबार साँझ सम्पन्न भएको थियो । उक्त क्षेत्रका सडक कच्ची रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *