चिनियाँ स्वामित्व भएको यो एप आफ्ना लुकेका प्रतिभा ल्याउन मात्र होइन, फेसन, खानाका साथै थुप्रै अनलाइन व्यवसायका लागि सहायक भइरहेको छ ।
सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।
युवा वर्गका लागि टिकटक नृत्य, गीत, कसैले बोलेको नक्कल गर्ने, प्रभावशाली व्यक्ति मार्फत आफूलाई ‘ब्रान्डिङ’ गर्ने र आफ्ना विचार राख्न नै धेरै प्रचलित छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर ।
गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ । जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।
आज भने पत्रकार उनको घरमा नै पुगेका थिए । स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी आज भने मिडियामै भक्कानो छोडेर रुएकी थिईन । हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन । दाजुहरु तिहारमा समेत आउँदैनन भन्दै भक्कानिइन उनीं ।
कठै बरा ! सुष्माकी आमाले पनि श्रीमान र परिवारको कुरा गर्दा थाम्न सकिनन आफ्ना आँखामा आँसु काम गर्न गएका श्रीमान उतै अर्कैसँग बिबाह गरेर सातबर्षदेखि घर नै नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा । एक्लै सङ्घर्ष गरेर हुर्काएकी रहिछिन उनले सुष्मालाई । जस्ती आमा उस्तै छोरी पिडैपीडा भएपनि समाजमा कहिल्यै देखाएर हिड्दैनन उनिहरु ।