हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी सम्पदाको समुद्रमा डुबेर मृत्यु, अस्ट्रेलियामै गरियो अन्त्येष्टि

हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी सम्पदाको समुद्रमा डुबेर मृत्यु, अस्ट्रेलियामै गरियो अन्त्येष्टि

समाचार

Sharing is caring!

अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ। विराटनगर बरगाछीकी सम्पदा निरौलाको अष्ट्रेलियाको सिड्नीमा दुर्घटनामा परेर मृत्यु भएको छ । अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् । रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए ।

सम्पदालाई बगाएपछि बचाउने प्रयास गर्दा उनी पनि बगेका थिए । घटनापछि तत्काल हेलिकप्टरले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो । भर्ना गरिएकामध्ये उद्धारको प्रयास गर्ने साथी उपचारपछि आराम भएका छन्, तर मृत्युपछि परिवारजनले शव नेपाल फर्काउन तत्काल प्रयास गरेको थियो । तर, सबै प्रक्रिया मिलाउन समय लागेपछि उतै अन्त्येष्टि गरिएको छ । आफन्तजनले उनको काजकिरीया भने पशुपतिमा गर्ने भएका छन् ।

यो पनि/ अन्य समाचार: १३ दिनदेखि सम्पर्कविहीन जनकपुरका २ युवाको भारतमा हत्या ! जनकपुर । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उहाँले बताउनु भयो ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आईतवार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भएपनि अंसबन्डा पछि अलगअलग भएका थिए ।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *