स्वदेशी सुन्तलाको माग अत्यधिक बढेपछि भारतीय सुन्तला बिक्री हुनै छाड्यो

स्वदेशी सुन्तलाको माग अत्यधिक बढेपछि भारतीय सुन्तला बिक्री हुनै छाड्यो

समाचार

Sharing is caring!

काठमाडौं । जाडो महिना सुरु भएसँगै नेपालमा ७५ प्रतिशत बढी फलफूलको व्यापार खस्कने गर्दछ । सामान्यतया अन्य फलफूलको व्यापार खस्कँदा जाडोमा सुन्तलाको व्यापार भन्ने उच्च रहेको छ ।

जाडो महिनामा अन्य फलफूलको व्यापार न्यून भएपनि सुन्तलाको माग अधिक रहेको छ । काठमाडौं उपत्यकामा अहिले दैनिक सय टन बढी सुन्तला खपत हुन्छ । सुन्तलाको सिजन सुरु भएदेखि सकिने बेलासम्म सुन्तलाले प्रसस्त बजार पाउने गरेको व्यापारीहरु बताउँछन् ।

विगत वर्षको तुलनामा सुन्तलाको भाउ उच्च रहेपनि त्यसले सुन्तलाको व्यापारका कुनै कमी नआएको व्यापारीहरु दाबी गर्छन् । अघिल्लो वर्ष १ सय ४० को हाराहारीमा बिक्री भएको सुन्तला यो वर्ष १ सय ८० सम्म पुगेको छ । भने अझै भाउ बढ्ने अनुमान गरिएको छ । अहिलेको बजार स्वदेशी उत्पादनले धानिएको छ । व्यापारीहरुले सस्तोमा भारतीय सुन्तला भित्र्याइए पनि फाल्नुपर्ने अवस्था रहेको छ । ग्राहकले महंगो भए पनि नेपाली सुन्तला नै खोज्ने गरेको नेपाल फलफूल व्यवसायी संघका अध्यक्ष अम्बर बानिया बताउनुहुन्छ ।

नेपाली बजारमा ९० प्रतिशत फलफूल भारत र चीनबाट आयात हुने गर्दछ । नेपालले छिमेकी मुलुक, चीन, भारत, बङ्गलादेश लगायतका विभिन्न देशबाट १३ जातका फलफूल आयात गर्ने गरेको छ । त्यस्तै, लामो समयदेखि बन्द भएको चिनियाँ नाका खुलेसँगै चीनबाट बजारमा मागअनुसारको फलफूल ल्याउन सहज भएको छ ।

नेपालमा फलफूलको खेती सिजनमा मात्र हुने र अन्य सिजनमा उत्पादन गर्न सक्ने प्रविधि नभएको कारण पनि फलफूलको आयात हुने गरेको छ । तर विगतका केही वर्षदेखि नेपालमा व्यवसायिक फलफूल खेती हुन थालेको छ । नेपाली बजारमा अहिले ड्रागन फ्रुट, किबी, एबोकाडो लगायतको माग हुने गरेको छ । आयातित फलफूल भन्दा स्वदेशी सी उत्पादन नै राम्रो भएकोले केही महंगो भएपनि बजार स्वदेशी फलफूलकै रहेको व्यापारीहरु बताउँछन् ।

फलफूल स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ । फलफूलमा धेरै मात्रामा भिटामीन सी पाइन्छ । काठमाडौं महानगरलगायतका स्थानिय तहले साईकलमा गरिने व्यापार हटाएका कारण पनि फलफूलको व्यापार घटेको व्यापारी बताउँछन् ।

एकातिर किसानले उचित मूल्य नपाउने र अर्कातिर दलालले लगानी नै नभएका दलालका हातमा बजारको तालाचाभी रहँदा उपभोक्ता ठगिनुपर्ने गुनासो आमरुपमा चल्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *