उपप्रधानमन्त्री हटाउने प्रश्ताव गठबन्धनमा गरिसकेको छुः गृहमन्त्री

उपप्रधानमन्त्री हटाउने प्रश्ताव गठबन्धनमा गरिसकेको छुः गृहमन्त्री

समाचार

Sharing is caring!

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रश्ताव गठबन्धनमा गरिसकेको बताएका छन्। शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाएपनि तयार रहेको बताएका हुन्।

गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन। अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रश्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’

उनले भने, हामी नतिजा निकाल्ने गरी काम गर्छौं। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो। विज्ञप्ती जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक्ता दिनुपर्ने भएकाले हो।’

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। शनिवारको संसद बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो? भन्दै प्रश्न गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *