बिहेको टिकाटालो गरेको भोलीपल्ट श्रीमती बेपत्ता, ४ दिनपछि मृत फेला

बिहेको टिकाटालो गरेको भोलीपल्ट श्रीमती बेपत्ता, ४ दिनपछि मृत फेला

समाचार

Sharing is caring!

बैतडी । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ९ की राधिका धामीले आफ्ना प्रेमी सिगास ६ का लोकेन्द्र धामीसँग गत भदौमा भागेर बिवाह गरिन् । भागी बिवाहको सम्बन्ध जेनतेन चलीरहेको थियो । यहि माघ १ गते लेकेन्द्रका परिवारले टिकाटालो गर्ने निधो गरे । उपयुक्त दिन रहेको भन्दै माघ १ गते दुबैलाई टिकाटालो गरिदिएका थिए ।

सम्बन्ध ठिकठाक चलीरहेका बेला टिकाटालो गरिएको भोलीपल्ट माघ २ गते राधिका दाउरा ल्याउन भन्दै जंगलतिर गएकी एक आफन्तले बताए ।
आफन्त तथा स्थानीयका अनुसार राती अबेरसम्म राधिका नफर्किएपछि खोजी गर्न थाले । प्रहरीलाई पनि जानकारी गराए । माघ ६ गते राधिका रुखमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

शवको परिक्षणका लागि शवलाई डडेल्धुरा अस्पताल लगिएको छ । माइतिपक्षबाट समेत आफन्तलाई बालाएर शवको पोष्टमाटमको लागि डडेल्धुरा अस्पताल आफन्त लक्ष्मण साउँदले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(स्टार बुलेटिनबाट साभार)

यो पनि/ अन्य समाचार- चीनमा कोरोनाले एक सातामा १३ हजारको मृत्यु, बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *