अब २० वर्ष पुगेपछि विवाह गरे सरकारले सिलिन्डर उपहार दिने

अब २० वर्ष पुगेपछि विवाह गरे सरकारले सिलिन्डर उपहार दिने

समाचार

Sharing is caring!

बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं= ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए।

‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ। त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौुं, वडाध्यक्ष शेषले भने- ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।’ वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ ।

उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण (दुलाहा दुलही दुवैको) पेस गर्नुपर्नेछ। यो उपहार योजना वडा नं। ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

मधेसी समुदायका केही व्यक्तिले बाँकेमै १६ वर्षमा विवाह गर्न पाउनुपर्छ भन्दै केही अगाडि निरन्तर आन्दोलन गरेका थिए । पहाडी समुदायमा पनि बालविवाह रहेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर स्कूले बालबालिका विवाह बन्धनमा बाँधिन्छन् । ठूलो समस्याको रुपमा रहेको बालविवाहलाई रोकथाम गर्न अन्य पालिकाहरुले पनि फरक–फरक योजना ल्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *