गुल्मी मुसिकोटका शेषकान्तको पोर्चुगलमा निधन

गुल्मी मुसिकोटका शेषकान्तको पोर्चुगलमा निधन

समाचार

Sharing is caring!

गुल्मी । गुल्मीका एक व्यक्तिको पोर्चुगलमा निधन भएको छ । शेषकान्त सापकोटाको पोर्चुगलमा निधन भएको हो । मुसिकोट नगरपालिका-९ अर्लाङ्गकोट घर भई बिगत ३ महिनादेखि पोर्चुगलमा काम गर्दै आएका ४५ वर्षीय सापकोटाको गत बुधबार उपचारको क्रममा लिस्वन स्थित साओजस हस्पिटलमा निधन भएको हो ।

उनको शव व्यवस्थापनको लागि आर्थिक समस्या भएपछि रकम जुटाउन सम्पूर्ण पोर्चुगलमा बस्दै आएका नेपाली समक्ष गुल्मी सेवा समाज पोर्तुगलले आव्हान गरेको छ । सहयोग रकम पठाउने बैंक खाता PT50 0033 0000 4548 4412 3970 5SWIFT: BCOMPTPL MB Way 920342168 (ac holder Amrit rijal ) रहेको जानकारी दिइएको छ ।

गुल्मी सेवा समाजका क्रियाशील सदस्य अमृत रिजालका अनुसार शेषकान्त सापकोटा भर्खर पोर्चुगलमा आएका थिए । पोर्चुगलमा नेपालीहरुको मृत्युको घटना बढ्दै गएको भन्दै उनले पोर्चुगल आउनु पूर्व सबै प्रक्रिया पूरा गरेर तथा सबै कुरा बुझेर मात्रै आउन सुझाब दिए। दुई हप्ता अगाडि गुल्मी मुसिकोट कै बाबुराम घिमिरेले पोर्चुगलमा आत्महत्या गरेका थिए । (ग्लोबल आवाजबाट साभार)

यो पनि/ अन्य समाचार- क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते, नयाँ दिल्ली । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दुर्घटना भएको हो । दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ । हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक दुर्घटना भएको थियो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । घाईते मध्ये थप एक जनाको आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृतकको संख्या चार पुगेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार पाँच सय मानिस उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *