श्रीमती संग बस्दै आएका एक नेपालीको जापानमा मृ’ त्यु

श्रीमती संग बस्दै आएका एक नेपालीको जापानमा मृ’ त्यु

समाचार

Sharing is caring!

जापान । नेपाल कास्की जिल्ला घर हुनुभएका मदन कुमार श्रेष्ठको जापानको राजधानी टोकियोमा असामयिक नि’ धन भएको छ ।कास्की पोखरा महानगरपालिका वडा नम्वर १३ गैडामुख कुडहर निवासी ५५ बर्षिय श्रेष्ठको उपचारको क्रममा अस्पतालमा जनवरी २१ तारिख शनिवार नि’ धन भएको हो ।

टोकियो कावासाकीमा विगत ७ बर्षदेखि बस्दै आउनुभएका श्रेष्ठको मुत्र थै’ लिसम्वन्धि समस्या देखिएको र ढिलो गरि रोग पहिचान र उपचार थाल्दा नि’ धन हुन पुगेको परिवारनिकट सदस्यहरुले बताएका छन् ।कुक पेसामा आवद्ध श्रेष्ठ श्रीमतीको साथमा बस्दै आउनुभएको थियो ।

श्रेष्ठको जापानमा नै दा’ हसंस्कार गरिने भएको र आगामी शनिवार जनवरी २८ तारिख दा’ हसंस्कार गरिने तयारी गरिएको बुझिएको छ ।कास्की पोखरा समाज सम्वद्ध सदस्यहरुका अनुसार श्रेष्ठको दा’ हसंस्कार तथा पीडित परिवारको सहयोगको लागि जापानस्थित संघसंस्था एवं व्यक्तिहरुमा आर्थिक सहायतका लागि अनुरोध गरिएको छ ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुले उल्लेखित बैंक खातामा रकम उपलब्ध गराउन सकिने र सम्पूर्ण रकम विस्तृत विवरण सहित परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।उता मंगलबार र बुधबार जापानमा यो वर्षकै सबैभन्दा चिसो दिन हुने अनुमान गरिएको छ ।

यो पनि/ अन्य समाचार- फुकुओकामा नेपाली विद्यार्थीद्वारा आत्महत्या, फुकुओका । जापानमा विद्यार्थी भिषामा आएका एक जना नेपाली युवाले आफैंले आफ्नो जीवन अन्त्य गरेका छन् । ३ वर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएका नेपालको गुल्मी जिल्ला घर भएका २३ वर्षिय मगर थरका युवाले आत्महत्या गरेका छन् । मृतकको परिचय खुलाइएको छैन ।

उनको परिवारजनलाई यसबारे जानकारी गराउने काम भइरहेको बताइएको छ । साथीभाइ र परिवारका सदस्यहरुसँग जनवरी १७ देखि नै मृतक सम्पर्कबिहिन थिए । उनको खोजीको क्रममा कोठामै मृत भेटिएका हुन् । आइतबार उनको कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् । शबको अवस्था हेर्दा आत्महत्या केही दिन अघि नै गरेको देखिन्छ ।

उनको शब पोष्टमर्टमका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाबारे जापानस्थित नेपाली दूताबासलाई समेत जानकारी भइसकेको छ । पछिल्लो समय जापानमा आत्महत्या बढेको छ । महिला भन्दा पुरुषको आत्महत्या दर झन्डै दोब्बर रहेको हालै सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको थियो । पछिल्लो समय जापान काम वा अध्ययनको सिलसिलामा आएका नेपालीहरुमाझ आत्महत्या बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *