चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ परेका छन् । तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनले सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाइ हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको बताए। अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ।
उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको बताए। माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा लगेर फालेका थिए। गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए। शिशु माघ ४ गते बीपी प्रतिष्ठान मै जन्मिएको चिकित्सकले बताए पश्चात प्रहरीले शनिबार अमित र बिन्दालाइ पक्राउ गरेको थियो।