श्रीमतीले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् भन्दै थिए तर सधैका लागि अस्ताए !

श्रीमतीले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् भन्दै थिए तर सधैका लागि अस्ताए !

समाचार

Sharing is caring!

बानेश्वरमा आ गो लगाएर घा इते भएका प्रेमप्रसादको नि धन भएको छ । उनी थिए इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य । सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आ गो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्।

६ हजार ५ सय ५३ शब्दको स्टाटसमा उनले देशको अवस्था, आर्थिक भार र अन्य विभिन्न पक्षबारे लेखेका छन् । साथै, राजनीतिमा लागे पनि युवाको भावनासँग खेलवाड गरिएको भन्दै रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारप्रति उनले गुनासो पोखेका छन् ।

उनले युवाको भावनासँग खेलबाड गर्ने मिश्रलगायतका नेताहरुलाई आफ्नो आत्मले कहिल्यै नछाड्ने पनि भनेका छन् । उनले लेखेका छन्, ‘रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन।

किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सँग खेलबाड गर्नुभयो ?रु तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ।’

उनले भनेका छन्- बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला। कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन् । मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु। मलाइ माफ गरिदेउ।

मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिहरुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ।

म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *