आ'त्म'दाह गरेका प्रे'मप्रसादको प्रचण्ड र रविलाई भेट्ने चाहना अ'धुरै रह्यो

आ’त्म’दाह गरेका प्रे’मप्रसादको प्रचण्ड र रविलाई भेट्ने चाहना अ’धुरै रह्यो

समाचार

Sharing is caring!

काठमाडौं । मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

उनको आज बिहान ५ बजे उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’ इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।

राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

आचार्यले आत्मदाहको प्रयास गर्नुअघि फेसबुकमा आफूले देशभित्रै उद्यम गरेकोदेखि लिएर विदेशसम्म पुग्दा भोगेका पीडाबारे लामो फेहरिस्त लेखेका छन्। जसमा उनले सुरूवातमा आफूलाई ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी’ भनेर परिचय दिएका छन्।

त्यसपछि आफूले रंगीन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवारी वहन गर्दै अघि बढेको उल्लेख गरेका छन्। ‘आज ३७औं वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको’ भनेर उनले लेखेका छन्।

जसमा अगाडि उनले आफूले नेपालमै पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, उद्योगधन्दा चलाउँदा र वैदेशिक रोजगारमा जाँदा भोगेका समस्याहरूबाट गुजार्नुपरेको र हालसम्म शून्य उपलब्धि भएको उल्लेख गरेका छन्। त्यसलाई आफ्नो ‘आत्मवृत्तान्त र असफलताको कथा’ भनेका छन्।

इलाममा रहेको पैतृक सम्पत्ति बेचेर काठमाडौंमा घर बनाएपछि आफूले ट्राभल एजेन्सी खोलेर व्यवसायमा संलग्न भएको कुरा उनले उल्लेख गरेका छन्। उक्त व्यवसाय सुरुमा राम्रै चले पनि पछि बिग्रिएको पनि बताइएको छ। त्यसक्रममा आफ्नो व्यवसाय डुबेका कारणहरू पनि खुलाएका छन्।

‘ट्राभल बेचेर विदेश जाने जमर्को गरियो। त्यसबेलासम्म काठमाडौंको घरजग्गा सम्पत्ति सबै सकियो र उल्टो ऋण लाग्यो,’ उनले लेखेका छन्। त्यसपछि विदेशमा बसेर केही ऋण तिरेको र बचेको पैसा बोकेर सन् २०१७ मा नेपाल फर्किएको उल्लेख गरेका छन्।

फेसबुकमा उनले विदेशबाट फर्किएपछि इलाम गएर उद्यममा लागेको र त्यो पनि सफल नभएकोदेखि लिएर आफू आत्मदाहको स्थितिमा पुग्नुसम्मका कारणहरूको फेहरिस्त लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *