आ'त्मदा'हको प्रसाय गरेका प्रेमप्रसादको निधन, तोसिमा कार्कीसँग अस्पतालमा गरेका थिए यस्तो अनुरोध

आ’त्मदा’हको प्रसाय गरेका प्रेमप्रसादको निधन, तोसिमा कार्कीसँग अस्पतालमा गरेका थिए यस्तो अनुरोध

समाचार

Sharing is caring!

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

इलामको सूर्योदय नगरपालिकाका उनी आफू हरेक क्षेत्रबाट निराश भएको बताएका थिए । बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले पुष्टि गरेका हुन । अस्पतालमा भेट्न पुग्दा राज्यमन्त्री डा – तोसिमा कार्कीसँग प्रेमप्रसादले आग्रह गर्दै भनेका थिए , “रवि सर र प्रचण्ड सरलाई भेट्न पठाइदिनुस्” तर भेट्न नपाउदै उनको निधन भएको छ ।

उनले निकै लामो निरासाको स्टाटस लेखेको थिए । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए । आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराश व्यक्त गरेका छन् ।

उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै उनले नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय ५३ शब्दको बयान लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर, तिहारअघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदीमा फाल हान्ने जमर्को गरेको उनको भनाइ छ ।

आचार्यले आफू ऋणबाट थिचिएको भन्दै लेखेका छन्, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै म’ रिसकेको हुनाले मर्ने नै बाचा गरे । मलाई माफ गर्नुहोला । कोही मनकारि/सहृदयी जनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् ।’

राजनीति मार्फत सदन सरकारमा गएर दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीतिमा पनि लागे, तर रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार जीले महत्वाकांक्षी युवाको भावना सँग खेलबाड गरेको उनको गुनासो छ ।

‘तपाईहरू एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका मजस्ता सयौं युवालाइ राजनीतिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाँड्ने, आश्वासन बाँड्ने अनि त्यसैलाई आफ्नो गरिखाने साधन बनाउनेको जमात ठूलो रहेछ ‘, उनले भने ।

प्रेम लेख्छन्, ‘प्रचण्ड तिमीले १७ हजार मार्नेगरी जनयु’ द्ध गरेऊ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएऊ । संविधानसभा मार्फत देशमा नयाँ संविधान जारी गरेऊ तर मजस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौं । तिमी लाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *