स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट नि'लम्बित, घटनामा संलग्न ६ जना प,क्राउ

स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट नि’लम्बित, घटनामा संलग्न ६ जना प,क्राउ

समाचार

Sharing is caring!

कास्की । स्याङ्जाको वालिङ खेलमैदानमा बिहीबार खेल चलिरहेकै समय एक्कासी हेलिकप्टर अवतरण गरिएपछि केहीबेर झडप भएको थियो । खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो ।खेल प्रतियोगिता चलिरहँदा हेलिकप्टर ल्यान्ड गर्नु लापरबाही भएको प्रजिअ क्षेत्रीले बताएका थिए । हेलिकप्टरमा ४ जनामात्र यात्रु थिए ।

खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले नि,लम्बित गर्ने निर्णय गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई का,रबाही गरिएको हो । जाेखिम माेलेर खेल चलिरहेकाे मैदानमा हेलिकप्टर उतारेकाे भन्दै उड्डयन क्षेत्रकाे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डंगाेललाई निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

क्यानका एक अधिकारीले जाेखिमपूर्ण कार्य गरेकाले निलम्बन गर्ने कदम चालिएकाे बताए । डंगाेलले अनुमति लिएर स्याङ्जा उडान गरे पनि अवतरणका क्रममा भने नसाेधी हेलिकप्टर खेल भइरहेकाे मैदानमा उतारेका थिए । अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी हुनेछ । अहिले पाइलट डंगोल घा,इते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गरिनेछ ।

स्थानीयको कुटाइबाट घा,इते भएका डंगोल उक्त घ,टनामा थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले प,क्राउ गरेको छ। माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। आकस्मिक रूपमा हेलिकप्टर मैदानमा उतारेपछि आक्राेसित दर्शकले पाइलट र यात्रुलाई कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *