भारतबाट आएका ५२ नेपाली बस्न मानेनन् क्वारेन्टाइनमा

भारतबाट आएका ५२ नेपाली बस्न मानेनन् क्वारेन्टाइनमा

समाचार

Sharing is caring!

डडेल्धुरा । भारतबाट फर्किएर डडेल्धुरा पुगेका स्थानीयले कोरोना संक्रमणबाट बच्न स्थापना गरेको क्वारेन्टाईमा बस्न अटेरी गरिरहेका छन ।

विश्वव्यापी महामारीको रुपमा फलिएको कोभिड – १९ को रोकथामका लागि देशभर लकडाउन भएपछि भारतीय सीमा नाका भएर आएका ५२ नेपालीलाई डडेल्धुराका विभिन्न स्थानीय तहले तयार पारेका क्वारेन्टाइनमा राख्ने व्यवस्था भए पनि क्वारेन्टाइनमा बस्न नमानेको जानकारी प्राप्त भएको छ ।

संघीय सरकारले भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तहलाई निर्देशन दिएपनि आफ्नो घर तिर आएका स्थानीयहरुले क्वारेन्टाइनमा बस्न नमानेको सम्बनिधत स्थानीय तहले बताएका छन ।

भारतबाट आएका ३० जनालाई डडेल्धुराको अमरगढी नगरपालिकाले डडेल्धुरा क्याम्पस र बन्द अवस्थामा रहेको अपी अस्पतालमा क्वारेन्टनाइन व्यवस्था गरिए पनि उनीहरु त्यहाँ बस्न नमान्दा घरमा एक्लै क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता पछि घर जान दिएको अमरगढी नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले जानकारी दिए ।

यस्तै परशुराम नगपालिकाको क्वारेन्टाइनमा पनि स्थानीय बस्न नमानेको नगरप्रमुख भीमबहादुर साउँदले बताए । आएका ४४ जनालाई चेकजाँचपछि क्वारेन्टाइनमा राखेका त छौ, तर उनीहरु पुरै १४ दिन त्यहाँ बस्दैन भन्दैछन ।

उता गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनको लागि स्थल तयार पार्दा समेत भारतबाट आएकाहरु घरमै सुरक्षित बस्छौ भने पछि बस्न नमानेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए , जिल्लाको नवदुर्गा गाउँपालिकामा पनि ५ जना बिद्यालय र ६ जना घरमै क्वारेन्टाईनमा बसेको अध्यक्ष कबिन्द्र विष्टले जानकारी दिएका छन ।

 यस्तै अजयमेरु गाउँपालिकाले पनि घर आएका ५ जनामध्ये ३ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जानकारी दिएको छ । भागेश्वर गाउँपालिकाले पनि भारतबाट फर्किएका तीन जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला सदरमुकाममा रहेको संघिय अस्पताल डडेल्धुरा जिल्ला अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अत्याबश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नहुँदा उपलब्ध श्रोतसाधनको भरमा बिरामीलाई जाँच गर्नु पर्ने अवस्था रहेको निमित्त मेसु डा.जगदिशचन्द्र विष्टले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *