विश्वभरी आतंक मच्चाइरहेको कोरोना भाइरसका लक्षण र जोगिने उपाय…

समाचार

Sharing is caring!

काठमाडाैं ,हालसालै चीनमा देखा परेको नोबेल कोरोना भाइरसले अहिले विश्वभर तरंग ल्याएको छ । चीनले भाइरस देखा परेको वुहान प्रान्तसँग अन्य ठाउँको आवागमन र आवतजावत नै रोकेर भाइरस नियन्त्रणको प्रयास थालेको छ । नयाँ कोरोना भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ । नोबेल नाम गरेकाे याे भाइरस कोरोना भाइरसको सातौ प्रकार भएको पुष्टि भएको छ ।नोबेलकोरोना ‘सार्स’ जत्तिकै शक्तिशाली भएको बताइएको छ ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो । चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए । ७७४ जनाको मृत्यु भएको थियो । केही दिनयता चीनको वुहान प्रान्तमा कोरोना भाइरस संक्रमणको कारणले तीव्र गतिमा बिरामीमा निमोनिया देखिने र मृत्यु गराउने क्रम जारी छ । हालसम्म संसारभर ५८२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ५७१ जना चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । साथै कोरोनाको संक्रमणबाट हालसम्म १७ जनाको निधन भइसकेको छ । कति खतरा छ र के हो त यो भाइरस ?

के हो कोरोना भाइरस ?कोरोना भाइरस भाइरसहरूको एक हिस्सा हो । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखा परेको थियो । चिनियाँ अधिकारीहरूले सुरुमा भने भाइरल निमोनियाको प्रकोपलाई गम्भीर श्वासप्रश्वास सिन्ड्रोम ‘सार्स’ हो भन्ने सोचेका थिए । तर, अधिकारीहरूको अनुसन्धान अनुसार सार्स नभएर नोबेल कोरोनाभाइरस भन्ने पत्ता लगाएको छ । यसलाई माइक्रोस्कोपमा हेरेपछि भाइरस टाउकोमा क्राउन पहिरेको आकारमा देखा पर्दछ । त्यसैले यसको नाम कोरोना भाइरस राखिएको छ ।

कोरोना भाइरस सामान्यतया सामान्य चिसो लागे जस्तै श्वासप्रश्वास प्रणालीमा असहज हुने बिरामीका कारण हुन्छ ।विश्व स्वास्थ्य संगठनले सुरुमा जानकारी दिएअनुसार ‘मानवबाट मानवमा यो भाइरस निरन्तर सरेको पाइयो । मंगलबार नौ जनाको मृत्यु पछि चिनियाँ अधिकारीहरूले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने पुष्टि गरे । चीनमा देखिएको ‘नोबेल कोरोना भाइरस’ संसारमै पहिलो पटक देखिएको हो । नोबेलसँगै कोरोनो भाइरसका प्रकार पनि ७ पुगेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार यो समूहको सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो ।

प्रारम्भिक महामारीसम्बन्धी खोजअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरूमा तीव्र रूपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो अनुसन्धान अनुसार चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित भएको छ ।कोरोना भाइरसको संक्रमण भएपछि देखिने लक्षणहरू-

सार्सको तुलनामा लक्षणहरू कम आक्रामक देखिन्छन्, र विज्ञहरू भन्छन् मर्नेहरूको संख्या अपेक्षाकृत अझै कम छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको शुरुको अवस्थामा ज्वरो, थकान, घाँटी दुखाइ र सुख्खा खोकी लाग्छ । तर जब बिरामी बढ्दै जान्छ, बिरामीहरूलाई सास फेर्न गाह«ो हुन सक्छ । यी लक्षणहरू धेरै अन्य श्वास रोगसमान छन् ।अधिकारीहरूलाई यस भाइरस नियन्त्रण गर्न कठिनाइ भइरहेको छ । युएन स्वास्थ्य एजेन्सीका अनुसार केही बिरामीहरूको छातीको स्क्यानमा फोक्सो फुलेको र तरल पदार्थले भरिएको देखिएको छ । कोरोनाभाइरस मानव प्रतिरक्षा प्रणालीबाट बच्न प्रभावी छन्, त्यसैले उपचार गर्न गाह«ो छ ।

कोरोना एक श्वासप्रश्वाससम्बन्धी सरुवा रोग भएकोले यस्तै खालको लक्षण देखिने इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ट मेडिकल सुपरटेण्डेण्ट डा. हेमन्त चन्द्र ओझा बताउँछन् । नाकबाट पानी बग्नु, टाउको दुखाइ, घाँटी दुख्नु, सुरूमा ज्वरो आउने तथा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको, जीउ दुख्ने आदि यसका मुख्य लक्षण हुन् ।कोरोनाभाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी रोगको लक्षण देखिने भएकाले व्यक्तिगत सरसफाइमा नै ध्यान दिनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरटेन्डेन्ट डा हेमन्त चन्द्र ओझा बताउँछन् । रोग लाग्नबाट बच्न निम्नानुसारको उपाय अपनाउन उनको सुझाव छ ।

नियमित रूपमा हात सफा गर्ने ।खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने ।मासु र अण्डा राम्रोसँग पकाएर खाने ।कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।पशुपन्छी तथा जनावरबाट टाढा रहने ।भिडभाडमा सकेसम्म नजाने ।चिसोबाट बच्ने ।आराम गर्ने ।तातो झोल खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *