क्वारेन्टिनमा राखिएका पुरुषद्वारा वृद्धाको टोकेर हत्या

क्वारेन्टिनमा राखिएका पुरुषद्वारा वृद्धाको टोकेर हत्या

समाचार

Sharing is caring!

तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टिनमा राखिएका एक पुरुषले घरबाट बाहिर निस्किएर वृद्धालाई टोकेर हत्या गरिदिएका छन् । थेनी जिल्लामा ३२ वर्षीय मणिकन्दनले छिमेकी वृद्धा महिलाको टोकेर हत्या गरेका हुन् ।

केही दिन अघि मात्रै श्रीलङ्काबाट फर्किएका उनलाई त्यतिबेला देखि नै क्वारेन्टाइनमा राखिएको थियो । पुलिसका अनुसार शुक्रबार उनी नग्न अवस्थामा घरबाट भागे र वृद्धा महिलामाथि हमला गरे ।

वृद्धाको घाँटीमा उनले थुप्रै पटक टोकेका थिए जसका कारण उनको मृत्यु भयो । पुलिसले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको कोरोना भाइरसको परीक्षण गरिएको छ साथै उनको मानसिक स्थितीबारे पनि परीक्षण गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *