राैतहटमा १७ वर्षीया किशाेरी बलात्कृत

राैतहटमा १७ वर्षीया किशाेरी बलात्कृत

समाचार

Sharing is caring!

रौतहटमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । रौतहट कटहरिया नगरपालिकाकी ती किशोरीलाई सोही स्थानका २८ वर्षीय भाग्यनारायण साहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना चैत ७ गतेको भएपनि चैत ११ गते मात्रै प्रहरीमा जाहेरी परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

साहले आफ्नै घरमा बोलाई किशाेरीको बालात्कार गरेर भिडियो पनि बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले किशाेरीलाई भिडियो समाजिक सञ्जालमा हालिदिने धम्की दिँदै आएका थिए ।

बालात्कारको आरोप लागेका साह हाल फरार रहेका छन् । साहमाथि जबरजस्ती करणी मुदा दर्ता गरी खोजी कार्य भइरहेको तथा उनले खिचेको भिडियोको बारेमा पनि अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *