ज्व’रोको औषधि न’पाएर हुम्लामा ७ जनाको मृ’त्यु, के गर्दैछ सरकार ?

समाचार

Sharing is caring!

हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रु’घा’खोकी र ज्व’रोको प्रको’प नियन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्या’न ग’एको हो ।

चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृ’त्यु भएको छ ।

सबैको पुस २६ गतेयता ज्या’न ग’एको हो । सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृ’त्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रु’घा’खोकी र ज्व’रोलाई स्थानीय स्वास्थ्यकर्मीले ‘सिजनल फ्लु’ भनेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको बताइएको छ ।

‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँच जनाको ज्या’न गयो । ज्व’रो र रु’घा’खोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हिराबहादुर शाहीले भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जो’खिममा छन् । तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गाउँमा प्र’कोप फैलिएर बिरामीको ज्या’न ग’एको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रु’घा’खोकीको औषधिसमेत न’पाएर ज्या’न गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ ।

सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर गाउँमा बि’रामी झन् बढेका छन्,’ अनमी नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बि’रामी हामीकहाँ आउँछन् । तर त्यसै फर्काउनुपरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *