चीनबाट आएको सामान १२.६ टनमात्र, व्यवसायीका १० टन, बाँकी अनुदान

चीनबाट आएको सामान १२.६ टनमात्र, व्यवसायीका १० टन, बाँकी अनुदान

समाचार

Sharing is caring!

काठमाडौँ: कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने मेडिकल सामग्री लिन शनिबार चीन पुगेको सरकारी ध्वजाबाहक जहाज नेपाल एयरलाइन्सले १० टनभन्दा बढी सामग्री नेपाली व्यवसायीको ल्याएको छ। व्यवसायीले सस्तो मूल्यमा ल्याएका ती सामग्री अब सरकारले महँगो मूल्यमा किन्ने छ।

स्रोतका अनुसार नेपाल एयरलाइन्सले ल्याएका १२.६ टन मेडिकल सामग्रीमा चीनबाट अनुदानबापत प्राप्त २.५ टन सामग्री मात्र छ। बाँकी सामग्री नेपाली व्यवसायीका हुन्। सरकारले सरकारी पैसामा विमान चार्टर्ड गरेर व्यवशायीका सामान ल्याएको हो। अब चिनियाँ पक्षबाट करिब आधा टन मेडिकल सामग्री नेपाल आउने जनाइएको छ।

के के प्राप्त भयो अनुदानमा

नेपाल एयरलाइन्सले ल्याएका अनुदानबापतका सामग्रीमा सीचुवान प्रान्त तथा चिनियाँ दूतावास र अलिबाबा फाउन्डेसनले दिने भनिएका सामग्री छन्। सीचुवान प्रान्त र चिनियाँ दूतावासले दिएका सामग्रीमा २ हजार एन ९५ मास्क र २४ हजार थान डीस्पोजेबल सर्जिकल मास्क छन्।

यसैगरी २० हजार थान डिस्पोजेबल मास्क, पाँच सय थान प्रोटेक्टिभन गगल्स, एक सय थान इयर थर्मोमिटर, चार सय बक्स क्लोरोक्वेन फोस्फेट ट्याबलेट, पाँच सय ३० थान प्रोटेक्टिभ क्लोथ र एउटा पोर्टेबल भेन्टिलेटर छन्। यसैगरि अलिबाबाले पठाएका सामग्रीमा एक लाख २ हजार एन ९५ मास्क र पीसीआर किट्स २० हजार ६४ थान रहेका छन्।

अब के के आउँदैछन् चिनियाँ अनुदान

अब चीनको चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनले प्रोटेक्टिभ क्लोथ २ सय थान, डीस्पोजेबल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २ सय थान र डीस्पोजेबल ग्लोभ्स २ हजार थान दिने छ। यसैगरि सिचुवान हुवासी ग्रुपले २० हजार सर्जिकल मास्क अनुदान गर्ने छ। यसैगरि हङ्सी सिमेन्टले प्रोटेक्टिभ क्लोथ १ हजार थान र पीसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *