पोखरा विमानस्थलबाट एक युवक पक्राउ

समाचार

Sharing is caring!

राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ । पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

उनी यति एयरको विमानबाट आज बिहान १०:१५ को उडानबाट काठमाडौ आउँदै थिए। विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *