कोरोना जाँच गर्न प्रयोगशाला उपकरण धनगढी आइपुग्यो

कोरोना जाँच गर्न प्रयोगशाला उपकरण धनगढी आइपुग्यो

समाचार

Sharing is caring!

काठमाडौ, चैत १९- सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो ।

प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ । पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *