नेपालमा कोरोना संक्रमणको पुष्टि भएका चार जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै

नेपालमा कोरोना संक्रमणको पुष्टि भएका चार जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै

समाचार

Sharing is caring!

काठमाडौं, चैत १९- कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएका चार जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अस्पतालका अनुसार उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जना, सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक र बाग्लुङको धौलागिरी अस्पतालमा एक जना गरी चार जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

यस्तै, वीर अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना भाइरस ९कोभिड–१९० परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै, हालसम्म एक हजार ६० जनाको कोरोना भाइरस नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका अस्पतालमा ८७ जना आइसोलेसन वार्डमा छन् । जसमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना छन् ।संक्रमित पाँच जना नै विदेशबाट नेपाल आएका हुन् । सरकारले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनसार प्रत्येक प्रदेशमा व्यक्तिगत सुरक्षा सामग्री पुगिसकेको छ । कोरोना परीक्षणका क्रममा ¥यापिड कीट टेस्ट प्रयोगमा नल्याउन सरकारले आग्रह गरेको छ ।सरकारले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री स्थानीय तहले पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले पोखरामा पनि कोरोना भाइरसको प्रयोगशाला परीक्षण सुरु भएको जनाएको छ ।राजधानि दैनिकमा खबर छ ।

पोखरामा मेसिन जडान भइसकेकोले परीक्षण सुरु भएको हो । हेटौंडामा पनि छिट्टै नमुना जाँच सुरु गर्ने गरी काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले जानकारी दिए । यसअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना जाँच गर्ने काम सुरु भइसकेको छ । धनगढी, जनकपुर र सुर्खेतमा पनि जाँच सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *