भारतमा भयाभव बन्दै कोरोना, ज्यान जानेको संख्या ३५ पुग्यो

भारतमा भयाभव बन्दै कोरोना, ज्यान जानेको संख्या ३५ पुग्यो

समाचार

Sharing is caring!

काठमाडौं, चैत १९ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ४२ हजार १ सय ७ जना पुगेका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ भने यो रोगको संक्रमण विश्वका २०२ देशमा पुगेको छ ।

विश्व स्वस्थ्य संगठनका अनुसार यो रोगबाट गएको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् भने पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् । भने भारतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । भने संक्रमितको संख्या १ हजार ३ सय ९७ पुगेको छ ।

अन्य समाचार : कोरोना जाँच गर्न प्रयोगशाला उपकरण धनगढी आइपुग्यो काठमाडौ, चैत १९- सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो । प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ । पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *