कालीमाटी क्षेत्रबाट वीर अस्पताल पुगेका थिए कोरोना संक्रमणको आशंका गरिएका मृतक

कालीमाटी क्षेत्रबाट वीर अस्पताल पुगेका थिए कोरोना संक्रमणको आशंका गरिएका मृतक

समाचार

Sharing is caring!

काठमाडौं, १८ चैत । सोमबार वीर अस्पतालको इमरजेन्सीमा कोरोना संक्रमणको आशंका लागेका एक जना विरामीको मृत्यु भयो । अस्पतालका अनुसार उनी काठमाडौंको कालीमाटी क्षेत्रबाट अस्पतालमा पुगेका थिए ।

रौतहट गौर नगरपालिकाका स्थायी बासिन्दा ५० बर्षीय मन्थुनी चौधरीको मृत्यु भएको थियो ।

भारतमा रोजगारी गरी फर्किएका उनलाई १०३ डिग्रि भन्दा बढी ज्वरो आएको थियो भने स्वासप्रश्वासमा पनि कठिन भएको थियो । अस्पतालले आधिकारिक रुपमा मृतकलाई कोरोना संक्रमण पुष्टि भएको घोषणा नगरे पनि लक्षणका कारण त्रास फैलिएको छ ।

मृतकसँग कोठामा बस्ने तीन जना र अस्पताल पुर्याउने ट्याक्सी चालकलाई पनि परिक्षण गराई क्वारेन्टाइनमा राखिएको बताइएको छ । एक जना ज्वाँई पर्ने आफन्त, परिवारका दुई सदस्य र ट्याक्सी चालकलाई क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए ।

जोखिमबाट बच्नका लागि ति व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *