यी हुन् युवती देख्नै नहुने शिक्षक, परे फन्दामा

यी हुन् युवती देख्नै नहुने शिक्षक, परे फन्दामा

समाचार

Sharing is caring!

काठमाडौं, ८ फागुन । छात्रामाथि यौन दुव्यवहार आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलालाई पक्राउ गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ ।

बुधबार दिउँसो विद्यालयकी प्रअ सविता सिलवालले सातदोबाटो प्रहरी वृत्तमा ‘घटनाको आवश्यक अनुसन्धान तथा दोषी उपर कारबाही गरीपाउँ’ भनि दिएको जाहेरी र प्रहरी प्रतिवेदनको आधारमा पक्राउ अनुमति पाएको डीएसपी मित्रबन्धु शर्माले बताए।

फागुन १ मा आरोपित नन्दप्रसादले तीन, चार र पाँच कक्षामा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको हस्तलिखित उजुरी परेको थियो ।

उक्त उजुरीमा २६ छात्राले हस्ताक्षर गरेका छन् । यस घटनालाई विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले ढाकछोप गर्न खोजेको पाएपछि मानवअधिकार आयोगले गम्भीर चासो लिएको आयोगकी सदस्य मोहना अन्सारीले बताइन् ।

आरोपित नन्दप्रसाद नारायण आधारभूतमा ५ कक्षासम्म सामाजिक विषयका शिक्षक हुन् । उनी यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए ।

पाटनको पाटन माध्यामिक विद्यालय र लाकुरीभञ्ज्याङ्गको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरूलाई यौन दुव्यवहार गरेको आरोप लागेको थियो ।

कारबाही स्वरुप नारायण आधारभूत विद्यालयमा सरुवा भएर आएको पनि एक वर्ष पुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *