विना कुनै लक्षण एकै परिवारका चार, जनामा देखियो कोरोना भाइरस पोजेटिभ।

विना कुनै लक्षण एकै परिवारका चार, जनामा देखियो कोरोना भाइरस पोजेटिभ।

समाचार

Sharing is caring!

काठमाडौं, २० चैत । कुनैपनि लक्षणविना दार्जिलिङका एकै परिवारका ४ जनामा ‘कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

दार्जिलिङको कालेबुङस्थित एक “महिलाको गत सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा चारै जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको बताइएको छ ।

परीक्षण गरिएका चारै जनामा कोरोना’ भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुमा गरिएको परीक्षण रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ ।

हाल उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया “रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा” पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *