कोरोना भाइरसले लियो १३ वर्षीय नाबालकको ज्यान

कोरोना भाइरसले लियो १३ वर्षीय नाबालकको ज्यान

समाचार

Sharing is caring!

कोरोना भाइरसको संक्रमणमा परेकामध्ये अधिकांश पाका उमेरकाको मृत्यु भइरहेकोमा युवा र नाबालिक समेतको मृत्यु हुन थालेको । लन्डनमा एकजना १३ वर्षीय नाबालिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार दक्षिणी लन्डनमा बस्ने इस्माइल मोहमेद अब्दुलवाहेबको मृत्यु भएको हो । उनी किंग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनी अहिलेसम्म बेलायतमा कोरोना भाइसका कारण मृत्यु हुनेमध्ये कान्छा व्यक्ति भएको बीबीसीले जनाएको छ ।

इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार भन्दा बढी

इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार चार सय २८ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख पाँच हजार सात सय ९२ जना मानिस प्रभावित भएका छन् भने भाइरसको संक्रमणमा परेको १५ हजार सात सय २९ जना मानिस उपचारपछि सकुसल घर फर्केका छन् । इटलीमा संक्रमित मध्ये चार हजार मानिसको अवस्था गम्भिर रहेको छ ।

इटली कोरोनाको केन्दबिन्दू बनेको छ । कोरोना भाइरसबाट विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *