विपि प्रतिष्ठानको कोरोना ल्याबमा २४ जनाको नमुना परिक्षण, कसैमा देखिएन कोरोनाको संक्रमण

विपि प्रतिष्ठानको कोरोना ल्याबमा २४ जनाको नमुना परिक्षण, कसैमा देखिएन कोरोनाको संक्रमण

समाचार

Sharing is caring!

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ कोरोना परिक्षण ल्याबमा परिक्षण गरिएका २४ वटै स्वाबको नतिजा नेगेटिभ आएको छ । अर्थात् विपि प्रतिष्ठानको ल्यामा परिक्षण गरिएका २४ जनामा नै कोरोनाको संक्रमण भेटिएको छैन ।

प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिष्ठानमा २५ जनाको स्वाब परिक्षणकालागी आएको छ । त्यसमध्ये २४ जनाको स्वाब परिक्षण गर्दा कोरोना देखिएन भने एक जनाको नतिजा आउन बाँकी छ । विपि प्रतिष्ठानको आइसोलेसन वार्डमा अहिलेसम्म ११ जना भर्ना गरिएकोमा ९ जनालाई डिस्चार्ज गरिसकिएको छ भने अहिले २ जना मात्रै विपिको आइसोलेसन वार्डमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *